काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका-७ स्थित भिमसेन स्थानको बौद्ध विहारमा, मिति २०८१ भदौ ६ गते बिहान करिब ३ बजे, अज्ञात व्यक्तिले ८४ वर्षीय भिक्षु गुणघोषलाई कुटपिट गरी लुटपाट गरेका छन्। भिक्षु गुणघोष, जो विहारमा ४५-५० वर्षदेखि बस्दै आएर बौद्ध धर्मका उपासिकाहरूलाई प्रवचन दिँदै आएका थिए, ती व्यक्तिबाट कुटपिट र लुटपाटको शिकार भएका हुन्।
घटनाको खबर बिहान ८:२० बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर घाइते भिक्षुलाई उपचारका लागि धुलिखेल अस्पताल पठायो। हाल उनी अस्पतालमा उपचाररत छन्।
प्रहरीले कुटपिट र चोरीमा संलग्न व्यक्तिलाई २४ घण्टा भित्रै पक्राउ गर्न सफल भएको छ। २० वर्षीय आदित्य श्रेष्ठ, झापा, मेचि नगरपालिका-९ बसोबास गर्ने तिलक बहादुर श्रेष्ठका छोरा हुन्। उनलाई धुलिखेल नगरपालिका-७ स्थित HOTEL HILLS HEAVEN बाट नगद रु. १,६५,८९० सहित पक्राउ गरिएको छ। चोरी तथा डाँका सम्बन्धी कसुरमा उनलाई काभ्रेपलान्चोक अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- Jigyasa media