Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

प्रधानमन्त्री ओलीको चाहना: छिट्टै महिला प्रधानमन्त्री बनाउने

  •   २ वर्ष अघि | ८ भदौ २०८१, शनिबार

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो चाहना रहेको बताएका छन्। शनिबार आयोजित युथ कनक्लेभ २०२४ कार्यक्रममा बोल्दै उनले आफ्नो कार्यकालमा महिला सशक्तिकरणका लागि उठाएका कदमहरूबारे चर्चा गरे।

ओलीले आफूले पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री नियुक्त गरेको र पछिल्लो समयमा महिला मुख्यसचिव पनि बनाएको बताए। 

उनले हालै एउटा नियम लागू गरेको उल्लेख गर्दै भने, "पुरुषमात्रैको प्रतिनिधिमण्डल विदेश जान पाउँदैन। प्रतिनिधिमण्डलमा महिला सामेल हुनैपर्छ।" 

महिला प्रधानमन्त्री बनाउन चाहेको उल्लेख गर्दै उनले भने, "महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर यसको लागि अलिकति तयारी गर्नुपर्छ। अहिले नै दुई महिना, तीन महिना वा अर्को वर्ष महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिक कठिन हुन सक्छ, तर छिट्टै बनाउने तयारीमा छु।"

प्रधानमन्त्री ओलीले वर्तमान सरकार काम गर्नकै लागि बनेको बताउँदै देशमा परिवर्तन ल्याउने उद्देश्यले आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको उल्लेख गरे। "यो सरकारसँग आश गर्नुहोस्, भर पर्नुहोस्। यो सरकार केही काम गर्नकै लागि बनेको हो," उनले भने।

  • Jigyasa media

थप