Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

नुवाकोटमा लमजुङतर्फ जाँदै गरेको गाडी दुर्घटना: चालकको मृत्यु, दुई घाइते

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

नुवाकोट – काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा आज बिहान ८ बजे दुर्घटनामा परेको छ। ५०० मिटर तल खसेर भएको यो दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना अन्य व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये एक पुरुषको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटना भएको बा १४ च ३८५५ नम्बरको गाडी हाइड्रोपावर परियोजनासँग सम्बन्धित रहेको बताइएको छ। दुर्घटनाको समयमा गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना सवार थिए। चालकको पहिचान तत्काल खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

यो दुर्घटना भएको टोखा-छहरे सडकखण्ड धेरै सवारी साधनले नागढुंगामा पहिरोले बाटो बन्द भएपछि विकल्पको रूपमा प्रयोग गर्दै आएका थिए। पहिरोका कारण जोखिमपूर्ण बनेको नागढुंगा क्षेत्रबाट जामबाट बच्न धेरैले टोखा-छहरे मार्ग रोज्ने गरेका छन्, जसले गर्दा उक्त सडकमा दुर्घटनाको जोखिम बढिरहेको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने घाइतेहरूलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा पुर्याइएको छ।


  • Jigyasa media

थप