Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

जेनजी प्रदर्शनमा ‘अत्यधिक बल प्रयोग’– एम्नेस्टीको कडा टिप्पणी : “सरकारको कदम मानव जीवनप्रति निष्ठुर बेवास्ता”

  •   ९ महिना अघि | २३ मंसिर २०८२, मङ्लबार

काठमाडौँ — गत भदौ २३ र २४ गते देशभर उग्र रूपमा फैलिएको ‘जेनजी’ आन्दोलन नियन्त्रणका क्रममा सरकारले गरेको बल प्रयोग अत्यधिक, निष्ठुर र अन्तरराष्ट्रिय मानवअधिकार मापदण्डविपरीत भएको एम्नेस्टी इन्टरनेसनलले तिखो आलोचना गर्दै विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ।

सोमबार काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले शान्तिपूर्ण भेला भएकामाथि सरकार र सुरक्षा निकायले देखाएको व्यवहारलाई “मानव जीवनप्रति गरिएको निष्ठुर बेवास्ता” भन्दै कडा टिप्पणी गरे।

उनले पद–प्रतिष्ठाको प्रवाह बिना जिम्मेवार सबैलाई निष्पक्ष प्रक्रियामार्फत कारबाहीमा ल्याउन राज्यलाई आग्रह गरे।

🔴 अत्यधिक बल प्रयोग, गैरकानुनी हत्या र मानवअधिकार उल्लङ्घन

एम्नेस्टीको प्रतिवेदनले जेनजी आन्दोलन नियन्त्रणका क्रममा सुरक्षा निकायद्वारा अत्यधिक बल प्रयोग,

गैरकानुनी हत्या,

अत्यधिक बल प्रयोगबाट भएका गम्भीर घाइते,

अधिकार हननका विभिन्न रूप

स्पष्ट देखिएको उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार

भदौ २३ गते मात्र काठमाडौँमा कम्तीमा १९ जनाको मृत्यु

३०० भन्दा बढी घाइते

त्यसपछिका देशव्यापी अशान्तिमा ७६ जनाको मृत्यु

२ हजारभन्दा बढी घाइते भएका तथ्य उजागर गरिएको छ।

यी सबै निष्कर्ष प्रत्यक्षदर्शीका बयान, भिडिओ तथा तस्बिर प्रमाण, चिकित्सक र पत्रकारका अन्तर्वार्ताका आधारमा तयार गरिएको एम्नेस्टीले जनाएको छ।

🔴 न्यायको माग : सरकारले सुधार गर्नुपर्ने एजेन्डा

एम्नेस्टीको प्रतिवेदनले सरकारलाई स्पष्ट सन्देश दिएको छ—

प्रदर्शनका क्रममा मारिएका र घाइते युवाहरूलाई न्याय दिलाऊ

विरोध व्यवस्थापनसम्बन्धी कानुन र अभ्यासलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार सुधार गर

सुरक्षा निकायको बल प्रयोग सम्बन्धी जवाफदेहिता सुनिश्चित गर

एम्नेस्टीले भनेको छ, राज्यले शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्ने होइन, संरक्षण गर्ने जिम्मेवारी बोक्दछ।

  • Jigyasanepal

थप