काठमाडौं – निरन्तरको वर्षाका कारण काठमाडौंका नदीहरूको जलस्तर उच्च हुँदै गएको भन्दै काठमाडौं महानगरपालिकाले जनतामा सतर्कता अपनाउन आग्रह गरेको छ। महानगरले सम्भावित डुबान, बाढी, र जमिन कटानको जोखिम बढेकोले विपद्बाट जोगिन पूर्वतयारी गर्न अनुरोध गरेको छ।
महानगरले शुक्रबार दिउँसो जारी गरेको सूचनामा भनिएको छ, “नदी किनारा, खोला, र सडकमा अनावश्यक प्रवेश नगरौँ र सवारी साधन नपार्किङ गरौँ।” वर्षाका कारण बाढी, पहिरो, र कटानको जोखिम भएकाले महानगरले जलजन्य विपद्मा परे तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।
महानगरपालिकाले नागरिकहरूलाई नदी किनारमा अत्यावश्यक कामबाहेक नजान र पानी जमेको स्थानमा सवारी प्रवेश नगर्न पनि सचेत गराएको छ।
- Jigyasa media