Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

ओलीको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी निरीक्षक थापाको निधन

  •   २ वर्ष अघि | २२ असार २०८१, शनिबार

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षमा खटिएका सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको निधन भएको छ । ओली निवास बालकोटको क्वाटरमा रहेका थापाको शनिबार बिहान निधन भएको हो ।


उनको भक्तपुर अस्पतालमा निधन भएको जनाइएको छ । ओली निवासमै थापाको निधन भयो वा अस्पतालमा भयो भन्नेबारे केही खुलाइएको छैन । सशस्त्र प्रहरी स्रोतका अनुसार थापाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।

  • Jigyasa media

थप