Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

नेपालको सहज जित: ओमानलाई ३७ रनले पराजित

  •   २ वर्ष अघि | १४ असोज २०८१, सोमवार

१४ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराउँदै क्यानडा भ्रमणमा पहिलो जित हासिल गर्यो।

नेपालले १७६ रनको लक्ष्य प्रस्तुत गरेपछि ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो। ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्का सहित ४५ रन बनाउँदा, अन्य खेलाडीले अपेक्षित प्रदर्शन गर्न सकेनन्।

नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। गुलशन झाले २.१ ओभरमा १४ रनमा २ विकेट लिए। कुशल भुर्तेल, रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी, र सन्दीप लामिछानेले १-१ विकेट लिए।

नेपालले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। तल्लोक्रममा गुलशनले १७ बलमा ३ चौका र ३ छक्का सहित ४० रन बनाए। दीपेन्द्रसिंह ऐरीले ५ बलमा १८ रन बनाए।

ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। अब नेपालले मंगलबार क्यानडा र बुधबार ओमानसँग पुनः खेल्नेछ।


  • reporter

थप