काठमाडौँ – काठमाडौँको चन्द्रागिरीमा ट्रकले एकैपटक दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।
चन्द्रागिरि नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा आइतबार राति साढे ८ बजेतिर थानकोटतर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रकले दुई मोटरसाइकललाई ठक्कर दिएको हो। बागमती प्रदेश–०२–०४९ प ४९५७ नम्बरको यमाहा र बा.६३ प २०७७ नम्बरको होण्डा मोटरसाइकल दुर्घटनामा परेका थिए।
दुर्घटनामा परी हुम्ला स्थायी घर भई हाल काठमाडौँ तीनथान बस्दै आएका २२ वर्षीय धिरेन्द्र भियालको घटनास्थलमै ज्यान गएको काठमाडौँ जिल्ला प्रहरी परिसरले पुष्टि गरेको छ।
त्यस्तै दुर्घटनामा परेका अर्का चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते अवस्थामा फेला परेका छन्। उनको हाल काठमाडौँकै कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ठक्कर दिने ट्रक नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
🛑 सडक दुर्घटनाको सतर्कता आवश्यक
हालसालै उपत्यकामा ट्रक र ठूला सवारीका कारण बढ्दो सडक दुर्घटना गम्भीर चिन्ताको विषय बन्दै गएको छ। चन्द्रागिरी क्षेत्रमा पुनः यस्ता दुःखद घटनाको दोहोरिनु आम यात्रु तथा चालक दुवैको सुरक्षालाई लिएर गम्भीर बहसको माग गर्दछ।
-
Jigyasanepal