Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

आज मंगलबार देशभर बदली र वर्षाको सम्भावना

केही स्थानमा भारी वर्षाको चेतावनी

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाडौं । आज मंगलबार देशभर मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

त्यसैगरी, कोशी, बागमती, गण्डकी, कर्णाली, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

मंगलबार राति पनि देशभर मौसम बदली रहने र विभिन्न प्रदेशहरूमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। भारी वर्षाको चेतावनी खासगरी कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा दिइएको छ। 

मौसमविद्हरूले जनसाधारणलाई सतर्क रहन आग्रह गर्दै भारी वर्षाका कारण हुन सक्ने विपद्बाट बच्न आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।

  • Jigyasa media

थप