Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दर्ता

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरिएको छ। आइतबार सामाजिक अभियन्ता युवराज सफलले खरेलविरुद्ध यो मुद्दा दर्ता गरेका हुन्। 

अभियन्ता सफलले पूर्व डीआईजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। खरेलले विभिन्न जिल्लामा काम गर्दा आफ्नी श्रीमतीलाई नक्कली सुराकी बनाएर लाखौं रुपैयाँ कमिसन लिएको आरोप सफलले लगाएका छन्।

कानुनअनुसार वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम दिने व्यवस्था भए पनि, खरेलले नक्कली सुराकी खडा गरेर रकम लिएको सफलको दाबी छ। सफलले यो कार्य भ्रष्टाचार ऐन अन्तर्गत पर्ने भएकाले खरेललाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

  • Jigyasa media

थप