Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

६५ वर्षीया महिला मृत अवस्थामा फेला

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

पाल्पा । रामपुर नगरपालिका–३ बगाहा–सीताकुण्ड सडकखण्डमा ६५ वर्षीया सुकमाया गिरी सारु मृत अवस्थामा फेला परेकी छिन्।

शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा अचेत अवस्थामा भेटिएकी उनलाई तत्काल उपचारका लागि रामपुर अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्। मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती भएको प्रहरीले पुष्टि गरेको छ।

अनुसन्धान जारी

घटनाको थप कारण पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुसन्धान अघि बढाएको छ। सूचना अधिकारी सुनिल मल्लका अनुसार प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिसँग सोधपुछ गरिरहेको छ।

सतर्कता

स्थानियहरुलाई यस्ता घटनाप्रति संवेदनशील रहन र शंकास्पद गतिविधिहरुबारे प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।


 यस सम्बन्थधी थप जानकारी आउनासाथ समाचार अद्यावधिक गरिनेछ।


  • Jigyasa media

थप