काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशभर विभिन्न स्थानमा आएको बाढी, पहिरो, र अन्य विपद्बाट आज दिउँसोसम्म १७० जनाले ज्यान गुमाएका छन्।
प्राप्त विवरणअनुसार, काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा ६, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ, र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ।
यो विपद्बाट हालसम्म २०३ जना घाइते भएका छन्। काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३, र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका छन्।
बाढी र पहिरोको कारणले ४८ जना बेपत्ता भएका छन्। बेपत्ता भएका व्यक्तिहरूमा कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, र सुदूरपश्चिम प्रदेशमा एक जना रहेका छन्।
प्रहरी प्रधान कार्यालयले बेपत्ताहरूको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।
– राससबाट
- Jigyasa media