Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

मोटरसाइकल दुर्घटनामा तीन जना नेपालीको मृत्यु

  •   २ वर्ष अघि | २७ असार २०८१, बिहिबार

काठमाडौं । भारतको बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर मोडमा भएको सडक दुर्घटनामा तीन जना नेपालीको मृत्यु भएको छ । गत मंगलवार राति तीन जना नेपाली सवार मोटरसाइकल भारतीय नम्बरको ट्याक्टरमा ठोकिँदा मोटरसाइकलमा सवार बाँकेको राप्ती सोनारी गाउँपालिका १ का गोबर्धन घर्तिको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा आगलागी हुँदा गम्भीर घाइते भएका खासकुश्माकै अन्य दुई जना राम बहादुर सिंह र कल्पनाको उपचारका क्रममा श्रावस्ती जिल्ला अस्पताल भिन्गामा मृत्यु भएको राजपुर थानाका इन्चार्ज अजय सिंहले बताए ।

भारतको बाटो भएर नेपालको भौवा नाकातर्फ जाँदै गरेको बेला घर्तिले चलाएको मोटरसाइकल ट्याक्टरमा ठोक्किएर आगलागी भएको थियो ।

सो दुर्घटनाबारे भारतीय प्रहरीले जानकारी पठाउँदै मृतकका आफन्तलाई खबर गरिदिन आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले बताए ।

  • Reporter

थप