Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

मेलामा ५५ वर्षीय व्यक्तिको मृत्यु

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

बझाङ, असोज ३, २०८१ – बझाङको खप्तडछान्ना गाउँपालिका-६ मा आयोजना भइरहेको धार्मिक मेला सैन्डाँडामा एकजना व्यक्ति मृत फेला परेका छन्। मृतक बाजुराको खप्तडछेडेदह गाउँपालिका-२ जयबागेश्वरी निवासी ५५ वर्षीय भवि कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

कटुवाललाई आज दिउँसो ४ बजे मेलास्थल नजिकै बाटोको छेउमा अचेत अवस्थामा फेला पारिएको थियो। उनलाई तुरुन्तै बझाङ जिल्ला अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषणा गरेको हो।

कटुवाल हिजो आफ्नो घरबाट मेला हेर्न आएका थिए। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी सूचना अधिकारी किशोर जोशीले जानकारी दिए। मृत्युको कारण भने हालसम्म खुल्न सकेकोछैन।


  • Jigyasa media

थप