Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

काभ्रेको रोशीमा महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा थप अनुसन्धान सुरु

  •   २ वर्ष अघि | १७ कार्तिक २०८१, शनिबार

काभ्रे । 

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–३, भन्ज्याङ गाउँमा एक ६६ वर्षीया महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। मृतक साइलाकाजी तामाङलाई टाउकोमा चोट लागेको अवस्थामा फेला पारिएको थियो। घटनास्थलको प्रारम्भिक अन्वेषणले घटनामा शंकास्पद परिस्थिति रहेको देखाउँदै प्रहरीले अनुसन्धान तीव्र बनाएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख एसपी बसुन्धरा खड्काको नेतृत्वमा प्रहरीको टोलीले घटनास्थलमा सुरक्षा व्यवस्था कडा पार्दै प्रमाण सङ्कलनको कार्य गरिरहेको छ। साथै, प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको अगुवाइमा SOCO टोली पनि घटनास्थलमा खटिएको छ, जसले घटनाको हरेक पक्षलाई सूक्ष्म रूपमा अन्वेषण गरिरहेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको टाउकोमा गहिरो चोट देखिएकोले हत्या भएको आशंका गरिएको छ।


थप अनुसन्धान जारी


प्रहरीका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन सम्पूर्ण प्रमाणहरू सङ्कलन गर्दै अनुसन्धानलाई गति दिइएको छ। स्थानीयवासीमा घटनाले शोक र आशंका पैदा गरेको छ भने प्रहरीले घटनामा संलग्न हुन सक्ने कुनै पनि व्यक्तिलाई खोजी गरिरहेको छ।


घटाना बारे थप अपडेट बुझ्न जिज्ञासा नेपाल लाई फलो गर्नुहोस् ।


  • Jigyasa media

थप