काठमाडौं, असोज १ । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशभर आंशिकदेखि साधारणतया बदली रहने जानकारी दिएको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने संकेत देखिएको छ।
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। राति पनि गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने देखिएको छ भने अन्य क्षेत्रमा मौसम खुल्ने छ।
मौसमको यस्तो अवस्था रहँदा बाहिर यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
- Jigyasa media