मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीस्थित कभर्ड हल नजिकै करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ। बाराको निजगढ नगरपालिका–१ निवासी ९ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको हो, जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।
प्रहरीका अनुसार कभर्ड हल छेउमा जडान गरिएको ११ केभीको ‘पिन इन्सुलेटर’ भाँचिँदा नजिकैको फलामको पोलमा सर्ट भयो। सोही पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह हुँदा बालिकाहरूले त्यही पानीमा टेक्दा करेन्ट लाग्यो। बेहोस भएका दुवै बालिकालाई तुरुन्तै हेटौँडा अस्पताल पुर्याइएको थियो, जहाँ उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
- Jigyasa media