Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

ललितपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

  •   २ वर्ष अघि | १५ भदौ २०८१, शनिबार

काठमाडौं, भदौ १५ । ललितपुरमा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका ३० वर्षीय सुजनसिंह ठकुरी र रामेछापका ३० वर्षीय बिन्दा तामाङ रहेका छन्, जो हाल ललितपुर महानगरपालिका-२५ नख्खु र बल्खुमा बस्दै आएका थिए।

प्रहरीको विशेष टोलीले नख्खुबाट उनीहरूको साथबाट १९० थान नुर्फिन, १९० थान फेनारन, १९० थान डाइजपाम, र ६६ थान प्रयोग भएका तथा नभएका ट्रामाडोल सिरिन्ज बरामद गरेको छ। पक्राउ परेका युवकले प्रयोग गरेको एक मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, यी युवकहरू लागुऔषधको प्रयोगकर्ता मात्र नभई तस्करीमा पनि संलग्न रहेको अनुमान गरिएको छ। थप अनुसन्धानका लागि उनीहरूलाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप