काठमाडौं, साउन १४ । कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गरिएको छ।
कुवेतमा ३-४ महिनादेखि अलपत्र परेका उनीहरूलाई उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिका सभापति एवम् पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो।
नवलपरासी घर भएका नौ जनामध्ये चार जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान अश्मिरले बताएका छन्।
- Jigyasa media