Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

२.४ किलो गाँजासहित दुई पक्राउ

  •   २ वर्ष अघि | २७ भदौ २०८१, बिहिबार

धुलिखेल, काभ्रेपलाञ्चोक - मण्डनदेउपुर नगरपालिका वडा नं. २, नगरकोट बालुवापाटी सडक खण्डमा लागू औषध गाँजा लुकाई छिपाई लैजाँदै गरेको सूचनाका आधारमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार पक्राउ परेका व्यक्तिहरूमा ५० वर्षीय सोम बहादुर तामाङ र ३३ वर्षीय रविन घिसिङ रहेका छन्।

मिति २०८१ भदौ २५ गते साँझ ४:५० बजे, मण्डनदेउपुरको नगरकोट बालुवापाटी सडकमा गाँजा लिएर शंकास्पद रूपमा हिँडिरहेको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट अट्टेडाडाँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ गरिएको समयमा उनीहरूको साथमा निलो प्लाष्टिकको बोरामा सेतो स्टिम चामल लेखिएको बोराभित्र २ किलो ४०० ग्राम गाँजा फेला परेको थियो।

पक्राउ परेकाहरू:

सोम बहादुर तामाङ, उमेर ५०, मण्डनदेउपुर वडा नं. २ रविन घिसिङ, उमेर ३३, मण्डनदेउपुर वडा नं. २ का छन् ।

अनुसन्धान: उनीहरूलाई लागू औषध (गाँजा) मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान जारी रहेको काभ्रेपलाञ्चोक प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले लागू औषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई कडाइका साथ कारबाही गर्ने जनाएको छ।

  • Jigyasa media

थप