Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त

काे हुन् अर्याल ..!

  •   २ वर्ष अघि | १३ भदौ २०८१, बिहिबार

काठमाडौं । सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

मुख्यसचिव लीलादेवी गड्तौला अनिवार्य अवकाशमा जाँदै गरेकाले अर्याललाई मुख्यसचिवमा नियुक्त गरिएको हो। गड्तौला भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जानेछिन्। उनले गत साउन १० गते मुख्यसचिवको जिम्मेवारी सम्हालेकी थिइन्।

अर्यालले २०४६ माघ ४ गते नायब सुब्बाको रूपमा निजामती सेवामा प्रवेश गरेका थिए। उनले २०५१ फागुन ४ गते शाखा अधिकृत, २०५८ माघ ६ गते उपसचिव, २०६७ फागुन १९ गते सहसचिव र २०७६ फागुन १८ गते सचिवको जिम्मेवारी सम्हालेका थिए। निजामती सेवामा उनले ३४ वर्ष ७ महिना ९ दिन बिताइसकेका छन्।

अर्याल यसअघि मकवानपुर, काठमाडौं र तनहुँका प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत भइसकेका छन्। गृह मन्त्रालयमा सहसचिवको रूपमा उनले गृह प्रशासन सुधार, योजना निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण योगदान गरेका थिए।

  • Jigyasa media

थप