रामेछाप,। लिखु तामाकोशी गाउँपालिका— रामेछापको लिखु तामाकोशी गाउँपालिकास्थित नागदहमा ६० वर्षीय सुन्तलीमै तामाङको सुन लुटपाट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन ३० गते दिउँसो एकल महिला भत्ता कार्ड नवीकरण गरी घर फर्कने क्रममा तामाङको सुन लुट्ने १९ वर्षीय चन्द्र घिसिङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार घिसिङलाई शनिबार साँझ आहालडाँडाबाट पक्राउ गरिएको हो।
घटनाको समयमा घिसिङले पीडित महिलाको घाँटीमा समातेर आँखामा खुर्सानीको धुलो छर्की, दुवै कानमा लगाएको नम्बरी सुनको रिङ लुटेका थिए। प्रहरीले घिसिङलाई पक्राउ गरी खानतलासी गर्दा उनले लुटिएको सुन बरामद भएको जनाएको छ।
प्रहरीले घिसिङलाई रामेछाप जिल्ला अदालतबाट डाँका शीर्षकमा म्याद थप गरी अनुसन्धानलाई अघि बढाइरहेको जानकारी दिएको छ।
- Jigyasa media