काठमाडौं । केन्याको न्यरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरी स्कुलमा भएको आगलागीले ठूलो जनधनको क्षति पुर्याएको छ। बिहीबार राति भएको घटनामा कम्तिमा १७ जना विद्यार्थीले ज्यान गुमाएका छन् भने अन्य थुप्रै बालबालिका गम्भीर घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार, ६ देखि १४ वर्षका ८ सय विद्यार्थी अध्ययनरत उक्त स्कुलमा अचानक आगो सल्किएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरू गरिसकेको छ भने केन्याका राष्ट्रपति विलियम रुटोले यस घटनालाई विनाशकारी भन्दै छानबिनको आदेश दिएका छन्। उनले दोषीहरुलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार आगलागीको कारणले कतिपय शवहरू पहिचान गर्नसमेत कठिनाइ भएको छ। घटनाले केन्यामा ठूलो शोक छाएको छ।
-
Jigyasanepal