Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

यस वर्ष संविधान दिवसमा कैदीबन्दीलाई माफी मिनाहा रोकियो

  •   २ वर्ष अघि | ३ असोज २०८१, बिहिबार

काठमाडौँ । यस वर्ष संविधान दिवसको अवसरमा कैदीबन्दीहरूको माफी मिनाहाको प्रक्रिया रोकिएको छ। यसअघि कैदी माफीका लागि कारागार व्यवस्था विभागले १ हजारभन्दा बढी कैदीहरूको नाम गृह मन्त्रालयमा सिफारिस गरिसकेको भए पनि गृह मन्त्रालयले अन्तिम निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस पठाउन सकेन।

परम्परागत रूपमा संविधान दिवस, गणतन्त्र दिवस, र प्रजातन्त्र दिवस जस्ता विशेष अवसरमा असल आचरण देखाएका कैदीहरूलाई सजाय मिनाहा दिने चलन रहँदै आएको छ। तर, यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नामहरूको सूची फिर्ता गर्ने संकेत दिएपछि सरकारले निर्णय गर्न सकेको छैन। प्रारम्भिक सूचीमै कानुनी र सार्वजनिक विवाद ल्याउने नाम समेटिएको आशंका उठेपछि राष्ट्रपतिले स्वीकृत नगर्ने अडान लिए, जसले गर्दा गृह मन्त्रालयले सूचीलाई अन्तिम रूप दिन सकेन।

यसअघि, माफी मिनाहाको निर्णय विवादमा तानिएपछि राष्ट्रपति कार्यालयले सरोकारवाला निकायहरूसँग गम्भीर छलफल गरेको थियो। विशेषगरी, कांग्रेस नेता योगप्रसाद ढकाल रिगलको सजाय माफीपछिको मुद्दाले राष्ट्रपति कार्यालय सजग भएको हो। सर्वोच्च अदालतले सो माफीप्रक्रियामा पीडित परिवारको सहमति आवश्यक ठहर गरेको थियो, जसले गर्दा अब माफी मिनाहा गर्न पीडितको सहमति अनिवार्य गरिने प्रावधान बनाइएको छ।

यसपालि कारागार व्यवस्था विभागले १ हजार ९३ कैदीहरूको नाम माफीका लागि सिफारिस गरेको भए पनि राष्ट्रपति कार्यालयले विवादास्पद नामहरूको कारण सूची स्वीकृत नगर्ने संकेत दिएपछि प्रक्रिया रोकिएको हो। नयाँ कानुनी प्रावधान अनुसार, अब ५० प्रतिशत सजाय भुक्तान गरिसकेका र असल चालचलन देखाएका कैदीहरूलाई मात्र माफी दिन सकिने व्यवस्था छ।


  • Jigyasa media

थप