Breaking News
पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||    

प्युठानमा मानव कङ्काल फेला

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

प्युठान— प्युठान जिल्लाको माण्डवी गाउँपालिका-२ अधेरीमा मानव कङ्काल फेला परेको छ। पुरानो र लामो समयदेखि खाली रहेको दलबहादुर खत्रीको घरमा कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता, प्रहरी निरीक्षक केशव केसीले जानकारी दिएका छन्। 

स्थानीयहरूले आइतबार बाँदर धपाउन गएको क्रममा अचानक पानी परेपछि ओत लाग्न घरभित्र गएर कङ्काल देखेका हुन्। कङ्काल कपडाले ढाकेर प्लास्टिकले बेरेको अवस्थामा ढोकामाथि राखिएको फेला परेको हो।

खाली घरमा मानव कङ्काल भेटिएको घटनापछि, जिल्ला प्रहरी कार्यालय प्यूठानले तत्काल छानबिनका लागि प्रहरी परिचालन गरिसकेको छ। घटनास्थलमा सोमबार प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। 

प्रहरीले कङ्काललाई प्यूठान अस्पतालमा ल्याएर डिएनए परीक्षण र शव परीक्षण गरिने बताएको छ। परीक्षण रिपोर्टका आधारमा थप अनुसन्धान अगाडि बढाइने प्रवक्ता केसीले बताएका छन्। 

( रासस)

  • RSS

थप