काभ्रे । - २०८१ साल साउन १५ गते राति १० बजे, विशेष सूचनाको आधारमा प्रहरीले पनौती नगरपालिका वडा नं ५ धनेश्वरमा रहेको शेष रमण न्यौपानेको घरमा डेरा गरी बस्ने सुजन श्रेष्ठलाई अनलाइन क्यासिनो खेलाइरहेको अवस्थामा पक्राउ गरेको छ।
श्रेष्ठ, जो जिल्ला पाँचखाल नगरपालिका वडा नं ६ निवासी हुन्, उनको कोठामा खानतलासी गर्दा अनलाइन क्यासिनो खेलाउन प्रयोग गरिएका तीन थान मोबाइल फोन फेला परेका छन्। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार, श्रेष्ठले म्यासेन्जर मार्फत विदेशमा रहेका नागरिकहरूलाई गेम खेल्ने प्रस्ताव गर्ने, इच्छुक व्यक्तिहरूको एकाउन्ट बनाइदिने, र त्यसपछि क्यास ट्याग (QR कोड) पठाएर क्यास एपमा पैसा जम्मा गर्ने गरेको खुल्न आएको छ। खेलाडीहरूले क्यास एपमा पठाएको पैसा विभिन्न क्यासिनो गेमको एपहरूमा सिक्का (coin) राखिदिने गरिएको छ।
श्रेष्ठले Milky Way, Fire Kirin, Juwa, Vegas Sweeps, Game Vault, Orion जस्ता एपहरू प्रयोग गरी अनलाइन जुवा खेलाउने गरेको र क्यास एप भाडामा दिएर प्रतिशत लिने गरेको बयान दिएका छन्। उनलाई जुवा तथा सट्टाबाजी सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाले अनलाइन जुवाको खतराको उजागर गर्दै समाजमा सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। अनलाइन जुवामा संलग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गर्ने प्रयास जारी रहेको बताइएको छ।

अनलाइन जुवा के हो?
अनलाइन जुवा एक प्रकारको जुवा हो जहाँ जुवाडेहरू इन्टरनेटको माध्यमबाट विभिन्न खेलहरूमा बाजी लगाउँछन्। यसमा पारम्परिक क्यासिनो खेलहरू जस्तै पोकर, ब्ल्याकज्याक, राउले, स्लट मेशिनहरू लगायत अनलाइन क्यासिनो, अनलाइन स्पोर्ट्स बेटिंग, अनलाइन बिंगो, र अन्य किसिमका जुवाहरू समावेश हुन्छन् ।
प्रमुख विशेषताहरू
१. पारम्परिक जुवा खेलहरूको डिजिटल रूपान्तरण: पारम्परिक क्यासिनो खेलहरूलाई अनलाइनमा खेल्न सकिने गरी रूपान्तरण गरिएको छ। यसले गर्दा खेलाडीहरूले आफ्नो कम्प्युटर, स्मार्टफोन, वा अन्य डिजिटल उपकरणमार्फत सजिलै खेल खेल्दै आएको छन् यो नेपालमा अवैध मानिन्छ ।
२. अनलाइन क्यासिनो: अनलाइन क्यासिनोहरू वास्तविक क्यासिनोको डिजिटल रूप हुन्। यहाँ खेलाडीहरूले विभिन्न खेलहरूमा सहभागिता जनाउन सक्छन् र वास्तविक पैसाको बाजी लगाउनी गर्छन् ।
३. अनलाइन स्पोर्ट्स बेटिंग: यसमा खेलाडीहरूले विभिन्न खेलकुद कार्यक्रमहरूमा बाजी लगाउँछन्। फुटबल, क्रिकेट, बास्केटबल, र अन्य खेलहरूमा बाजी लगाउनी गर्छन्।
४. भर्चुअल गेम्स: केही अनलाइन जुवा साइटहरूले भर्चुअल खेलहरू पनि उपलब्ध गराउँछन्, जहाँ खेलाडीहरूले वास्तविक खेलहरूमा जस्तै अनुभव प्राप्त गर्न सक्छन्।
अनलाइन जुवाको विधि
१. रजिस्ट्रेसन: खेलाडीहरूले अनलाइन क्यासिनो वा जुवा साइटमा खाता खोल्नुपर्छ। यसका लागि व्यक्तिगत जानकारी र बैंकिङ विवरण दिनु पर्दछ । त्यसले गर्दा हाम्रो साइबर सेक्युरिटी कमजोर हुने हुन्छ ।
२. पैसा जम्मा: खेलाडीहरूले आफ्नो खातामा पैसा जम्मा गर्नुपर्छ। यो पैसा विभिन्न अनलाइन भुक्तानी प्रणालीहरू जस्तै क्रेडिट कार्ड, डेबिट कार्ड, पेपाल, र क्रिप्टोकरन्सीको माध्यमबाट जम्मा गर्ने गर्छन् ।
३. खेलको छनोट: खेलाडीहरूले आफूले चाहेको खेल छान्न सक्छन्। खेलहरूमा पोकर, ब्ल्याकज्याक, राउले, स्लट मेशिनहरू, र स्पोर्ट्स बेटिंग जस्ता खेलहरू समावेश अवैध रुपमा नेपालमा सक्रिय छन्
४. बाजी लगाउने: खेलाडीहरूले आफ्नो पैसाको बाजी लगाउँछन् र खेलको परिणाम अनुसार जित वा हार निश्चित हुन्छ।
जोखिम र सुरक्षाका उपायहरू
१. लत: अनलाइन जुवा खेलाडीहरूलाई लत लाग्न सक्ने उच्च सम्भावना हुन्छ। यसले आर्थिक समस्या, पारिवारिक समस्या, र मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ।
२. धोखाधडी: अनलाइन जुवामा धोखाधडीको सम्भावना पनि उच्च हुन्छ।
३. कानूनी समस्या: विभिन्न देशमा अनलाइन जुवाको सम्बन्धमा विभिन्न कानूनी व्यवस्था हुन्छ। कतिपय देशमा अनलाइन जुवा अवैध पनि हुन्छ, जसले गर्दा कानूनी समस्या उत्पन्न हुन सक्छ।
४. नेपालमा यो प्रतिबन्धित छ ।
- Jigyasa media