मोरङ ।
मोरङको ग्रामथान गाउँपालिका-४ कटहरास्थित एक बाँसघारीमा लामो समयदेखि चलिरहेको अवैध जुवाखालमा प्रहरीले छापा मारी ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसमेत छन्। पक्राउ परेकाहरूबाट १८ लाखभन्दा बढी नगद, कौडा, तास, र मोबाइलहरू बरामद गरिएको छ।
जुवाखाल चलाइरहेको विशेष सूचनाका आधारमा प्रहरीको टोलीले संयुक्त रूपमा छापा मारेको हो। प्रहरीका अनुसार यो जुवाखाललाई व्यवस्थित रूपमा लामो समयदेखि सञ्चालन गरिंदै आएको थियो। प्रहरीले घटनामा संलग्न अरू व्यक्तिहरूको खोजी गरिरहेको छ।
- Jigyasa media