Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काभ्रे भ्याली रोट्रयाक्ट क्लबको नेतृत्वमा प्रभुराम धितालको नयाँ जोश

  •   २ वर्ष अघि | २६ साउन २०८१, शनिबार

  तस्वीरमा  तेस्रो पदस्थापना बाट रोट्रयाक्ट क्लब अफ काभ्रे भ्यालीको नेतृत्वमा आएका प्रभुराम धिताल

बनेपा । काभ्रे भ्याली रोट्रयाक्ट क्लबले नयाँ अध्यक्ष प्रभुराम धितालको नेतृत्वमा तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम बनेपामा शनिबार एक समारोह बीच सम्पन्न भएको हो। 


रोटरी क्लब अफ काभ्रे भ्यालीका अध्यक्ष अशोक पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष सन्तोष तामाङले धिताललाई पद हस्तान्तरण गरेका थिए। अध्यक्ष धितालले पद ग्रहणपछि क्लबको सामाजिक उत्तरदायित्व र विकासका गतिविधिलाई थप व्यापक बनाउने योजना सार्वजनिक गरेका छन् । 


कार्यक्रममा निर्वतमान अध्यक्ष तामाङले आफ्नो कार्यकालका उपलब्धिहरूको चर्चा गर्दै सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए। धितालले नवप्राप्त जिम्मेवारीलाई उत्साहपूर्वक स्वीकार गर्दै, क्लबलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए।

कार्यक्रममा महासचिव विशाल तिमल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए। पत्रकार समेत रहेका जीवन तामाङले स्वागत मन्तव्य राखे भने धन्यवाद ज्ञापन दिब्यश्वरी पसँक्षेले गरिन्। कार्यक्रममा रोटरी क्लबका सदस्यहरू सगुन श्रेष्ठ, सुदिप धिताल, निशान तिमल्सिना लगायतका व्यक्तिहरूले पनि सहभागिता जनाएका थिए।


कार्यक्रममा नयाँ सदस्यहरूको स्वागत गर्दै, रोटरी क्लबका भावी योजनाहरूको बारेमा गहन छलफल गरिएको थियो। नयाँ अध्यक्ष धितालको नेतृत्वमा क्लबले आगामी दिनमा युवा पुस्ता थप सक्रिय हुने र सामाजिक हितका काममा समाजमा  सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

  • Jigyasa media

थप