काठमाडौं । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ।
बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युसुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी जारी गरिएको छ। यो जानकारी जापानको मौसम विज्ञान एजेन्सीले दिएको हो।
- Jigyasa media