Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पहिरोको त्रासले ३५ दलित परिवार रातभर जागराम

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

मुगु ।

मुगु जिल्ला स्थित सोरु गाउ“पालिका—४ रावलबाडा गाउ“का ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन । असार २१ गते बिहान गाउ“को माथि बाट बर्षासंगै उर्लेर बाढी आएर खेतीयोग्य जग्गा बगरमा परिणत गरि गाउ“ जोखिम बनेपछि ३५ दलित घरका करिव १ सय ७५ स्थानीय त्रासले रातभर जागराम बस्ने गरेका छन । गत बर्ष पनि यही समयमा गाउ“ माथि बाट बाढी आउदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यो पटक पनि सोही स्थान बाट बाढी आएर जग्गा जमिन लहसनहस बनाए पछि दलित परिवारलाई उठिबास हुन थालेको छ । बाढी पहिरोको डरले हामी राति सुत्दैनौ रावलबाडा गाउ“का ४७ बर्षिय जाड नेपालीले भने बर्षा हुदा बित्तिकै माथि बाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाई सक्यो । नेपालीले दुखेसो पोख्दै भने बीच हामी दलित परिवारका घर छन वरिपरि बाढी पहिरोले तहसनहस बनाई सक्यो । राति बाढी आएपछि बगिजौला भनेर रातभर गाउ“ले जम्मा भएर घरको क्षतमा जागराम बस्ने गरेको दानसिह नेपालीले बताए । बर्षा सुरु भएपछि देबि देउता पुर्कादै घरमा बस्नु परेको उनले सुनाए । कोही ओढओछयान बोकेर गाउ“ भन्दा ५ मिनेट पर प्राथमिक बिद्यालयको भवनमा सुत्न जाने गरेका छन । बर्खा लागेपछि रावलबाडा गाउ“को माथि बाट पनि माथि बाढी पहिरो आउने र गाउ“को मुनितिर बाट पनि जमिन भा“सिदै जान थालेपछि ३५ दलित परिवारलाई आफनो ज्यान देखि धनसम्पति जोगाउन सास्ती हुन थालेको छ । हुम्ला कर्णाली नदीले गाउ“मुनीको जमिन कटान गर्दै जान थालेपछि बस्ती नै भा“सिदै जान थालेको छ । रावलबाडा गाउ“का ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिमा रहेको सोरु गाउ“पालिका—४ का वडाअध्यक्ष गोर्ख मल्लले बताए । अध्यक्ष मल्लका अनुसार झरी पर्न थालेपछि बाढी पहिरोको त्रासले दलित परिवार रातभर जागराम बस्ने गरेका छन । बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यत्रा स्थानमा सार्न अति जरुरी भइसकेको वडाअध्यक्षले सुनाए । रावलबाडा गाउ“का दलित परिवारले बस्ती अन्यत्रा सारि दिन गाउ“पालिका, कर्णाली प्रदेश र संघीय सरकार सित बारम्बार गुहार माग्दै हैरान भएपनि कार्यन्वयन नहु“दा चिन्तित छन । रावलबाडा गाउ“ बाढी पहिरोको उच्च जोखिम छ सोरु गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने बजेट अभावका कारण उक्त बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको छ । 

सोरु गाउ“पालिका भरिका ५५ बटा बस्ती मध्ये दलितको बाहुल्यता रहेको रावलवाडा गाउ“ बाढी पहिरोको जोखिममा रहेको अन्यत्र सार्न अति आबश्यक देखिएको उनको भनाई छ ।

  • Reporter

थप