आज रातिसम्म यी ६ प्रदेशमा 'धेरै भारी वर्षा' को उच्च सम्भावना

  •   १ वर्ष अघि | ३१ जेष्ठ २०८२, शनिबार

काठमाडौं, जेठ ३१ । देशका विभिन्न भागमा लगातार मौसम बदली भइरहेका बेला जल तथा मौसम विज्ञान विभागले आज शनिबार (जेठ ३१) का लागि ‘धेरै भारी वर्षा’ को सम्भावना रहेको चेतावनी दिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार, देशका छवटै प्रदेशमा वर्षा तीव्र हुने सम्भावना देखिएको छ।

दिउँसो:

कोसी र बागमती प्रदेशका धेरै स्थान तथा मधेस प्रदेशलगायतका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा र कतिपय स्थानमा चट्याङसहित मेघगर्जन हुने सम्भावना छ।

कोसी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा को सम्भावना प्रबल छ।

साथै, कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने मौसम विभागको अनुमान छ।

राति:

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भागहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

कोसीका केही भाग तथा अन्य प्रदेशका एक-दुई स्थानमा भने ‘धेरै भारी वर्षा’ समेत हुन सक्ने बुलेटिनमा उल्लेख छ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै छ।

🚨 विभागको आग्रह

सावधानी अपनाउन अनुरोध गरिएको छ, विशेषगरी पहिरो, बाढी तथा चट्याङ जोखिम रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

  • Jigyasanepal

थप