कक्षा १२ को परीक्षा तोकिएको मितिमै, नरोकिने बोर्डको स्पष्ट घोषणा

  •   १ वर्ष अघि | ९ बैशाख २०८२, मङ्लबार

काठमाडौं, वैशाख ९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तोकिएको मितिमा नै सञ्चालन हुने स्पष्ट पारेको छ। परीक्षा स्थगित हुने कुनै भ्रम नराख्न बोर्डले सबैलाई आग्रह गरेको छ।

मंगलबार बिहान बसेको बोर्डको बैठकले परीक्षा नियमितरूपमा वैशाख ११ गते (बिहीबार)देखि सुरु गर्ने निर्णय गरेको हो। परीक्षा वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ।

बोर्डले देशभरका परीक्षा समन्वय समितिहरूलाई आवश्यक तयारी पूरा गर्न निर्देशन दिँदै, परीक्षा केन्द्र रहेका विद्यालयहरूलाई समयमै परीक्षा सञ्चालन गर्न विशेष अनुरोध गरेको छ। "परीक्षा नरोकिने निर्णय अन्तिम हो, विद्यार्थीहरू ढुक्क भएर तयारीमा जुट्नुस्," बोर्डका अधिकारीहरूले जनाएका छन्।

यस घोषणासँगै देशभरका परीक्षार्थी तथा अभिभावकले ढुक्कका साथ परीक्षा तयारी गर्न सक्ने वातावरण बनेको छ। परीक्षा व्यवस्थित, मर्यादित र समयमै सम्पन्न गराउने बोर्डको भनाइ छ।


  • J

थप