Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

आज देशभरको मौसम पूर्वानुमान विवरण जान्नुहोस्

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं – आजको मौसममा देशका केही भूभागमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात तथा चट्याङसहित मेघगर्जनको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी क्षेत्रहरूमा मुख्यतया साफ आकाश रहनेछ।

मौसमविद् विनु महर्जनका अनुसार दिउँसो, कोसी र गण्डकी प्रदेशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातका संकेत देखिएका छन्। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही भूभागमा दिउँसो हावाहुरी चल्ने सम्भावना रहेको छ।

काठमाडौंमा विशेष उल्लेखनीय कुरा यो छ कि हिजोको तुलनामा आज हावाको गति बढ्ने अपेक्षा गरिएको छ, तर राजधानीमा वर्षाको संभावना अझ केही दिनसम्म नदेखिनेछ। दिउँसो काठमाडौंको तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

हाल देशभरि पश्चिमी र स्थानीय वायुका मिश्रित प्रभावका कारण मौसममा केही परिवर्तनका संकेत देखिएका छन्।


  • Jigyasa media

थप