Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

इजरायलको लेबनान आक्रमण: एकैदिन ४९२ जनाको मृत्यु

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

काठमाडौं, असोज ८ – इजरायलले लेबनानमा गरेको आक्रमणका कारण ४९२ जनाले ज्यान गुमाएका छन्, जसमा ३५ बालबालिका र ५८ महिलाहरू पनि समावेश छन्। लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो। साथै, यो आक्रमणमा १ हजार ६४५ जना घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

इजरायली सेनाले हिजबुल्लाहका १ हजार ३०० भन्दा बढी आश्रयस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ। यो हमासविरुद्ध अक्टोबर ७ मा सुरु भएको युद्धपछिको सबैभन्दा ठुलो आक्रमण भएको बताइएको छ। हमासलाई समर्थन गर्ने घोषणा गरेको हिजबुल्लाहलाई इजरायलले मुख्य निशाना बनाएको हो।

लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादका अनुसार आक्रमणले सर्वसाधारणका घर, अस्पताल, एम्बुलेन्स र सवारी साधनमा समेत ठूलो क्षति पुर्‍याएको छ। इजरायलले भने हिजबुल्लाहले दुई सयभन्दा बढी रकेट प्रहार गरेको र त्यसक्रममा दुई जना इजरायली नागरिक घाइते भएको जनाएको छ।

यस आक्रमणपछि विश्वका प्रमुख देशहरूले दुबै पक्षलाई संयमित हुन आग्रह गर्दै यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने चिन्ता व्यक्त गरेका छन्। इरानले इजरायलको कारबाहीको कडा आलोचना गर्दै यसको निन्दा गरेको छ।


  • RSS

थप