Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिक माला जफत

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले प्रतिबन्धित ३५ बोरा प्लास्टिकका माला विभिन्न पसलबाट बरामद गरेको छ। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार प्लास्टिकका माला र विदेशी फूलको प्रयोगमा कडाइ गर्दै महानगरले १४ कात्तिकदेखि अनुगमन तीव्र बनाएको छ।

अनुगमनका क्रममा कोटेश्वरमा ना ४ ख ३१६८ नम्बरको मालवाहक सवारीसाधनबाट पनि विदेशी फूलका माला बरामद गरिएका छन्।

स्थानीय किसानलाई प्रोत्साहन गर्न महानगरले ४६ स्थानमा स्वदेशी फूलको निःशुल्क बिक्री स्थान तोकेको छ। दीवाली, नेपाल संवत्, र छठ पर्वलाई ध्यानमा राख्दै १४-१७ कात्तिकसम्म मल, मार्ट, पार्क, पार्टी प्यालेस, र बिजनेस सेन्टरहरूमा किसानलाई निःशुल्क स्टल उपलब्ध गराइएको महानगरले जनाएको छ।

महानगरले यो पहल गत वर्षदेखि सुरू गर्दै किसानलाई स्वदेशी उत्पादनको सहज बजार व्यवस्थापन गरिरहेको छ।


  • Jigyasa media

थप