Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

आज यी स्थानमा वर्षा बढी, कतै भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | ४ भदौ २०८२, बुधबार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (भदौ ४, बुधबार) पनि देशका विभिन्न भूभागमा वर्षा हुने सम्भावना औंल्याएको छ। महाशाखाले जारी गरेको २४ घण्टे बुलेटिनअनुसार लुम्बिनी, कर्णाली, सुदूरपश्चिमदेखि कोसी र गण्डकी प्रदेशसम्म विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको हो।

दिउँसोको अवस्था

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अधिकांश पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। यी प्रदेशका थोरै स्थानमा र तराईका एक–दुई क्षेत्रमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी स्थानमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ।

रातिको अवस्था

आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्यत्र आंशिक बदली हुने देखिन्छ।

मधेस, कोसी, बागमती र गण्डकीका तराई–पहाडी भूभागमा थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

कोसी र गण्डकीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने चेतावनीसमेत दिइएको छ।

मनसुनको अवस्था

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर अवस्थामा छ। तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिइरहेकाले वर्षाको गतिविधि भइरहेको मौसमविद्हरूले बताएका छन्।

वर्षाको मापन


१० मिमि भन्दा कम → हल्का वर्षा


१०–५० मिमि → मध्यम वर्षा


५०–१०० मिमि → भारी वर्षा


१००–२०० मिमि → धेरै भारी वर्षा


२०० मिमि भन्दा बढी → अति भारी वर्षा

यस्तै,

१०% भन्दा कम क्षेत्रमा वर्षा → एक–दुई स्थान


१०–३०% क्षेत्रमा वर्षा → थोरै स्थान


३०–५०% क्षेत्रमा वर्षा → केही स्थान


५०–८०% क्षेत्रमा वर्षा → धेरै स्थान


८०% भन्दा बढी क्षेत्रमा वर्षा → अधिकांश स्थान

: महाशाखाले दिउँसो भन्नाले बिहानदेखि साँझ ६ बजेसम्म र राति भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयलाई जनाएको हो।

  • Jigyasanepal

थप