Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा : २ लाख नगदसहित नासु पक्राउ

  •   १ वर्ष अघि | १८ भदौ २०८२, बुधबार

काभ्रे 

१८ भदौ, काभ्रेपलाञ्चोक जिल्लाको मालपोत कार्यालयमा बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी मुद्दा फाँटका कर्मचारी नासु ज्ञानेन्द्र भण्डारीलाई २ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ।

अख्तियारले भण्डारीलाई कार्यालयमै छापा मार्ने क्रममा नगदसहित नियन्त्रणमा लिएको पुष्टि गरेको छ। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, टोली घटनास्थलमा रहेकाले विस्तृत विवरण आयोगमा प्रतिवेदन आएपछि मात्र सार्वजनिक गरिनेछ।

भण्डारीमाथि थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ। यस घटनाले मालपोत कार्यालयमा लामो समयदेखि बढ्दै आएको घूस र अनियमितताको गुनासो फेरि सतहमा ल्याएको छ।

  • Jigyasanepal

थप