Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

रुकुम पश्चिममा छोराले गरे बुबाको हत्या, अभियुक्त फरार

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

रुकुम पश्चिम – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० घारीखोलामा छोराले आफ्नै बुबाको हत्या गरेका छन्। २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय आफ्ना बुबा दर्वे खत्रीको चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आइतबार साँझ भएको यस घटनापछि वीरबहादुर फरार रहेका छन्। घटनाको अनुसन्धान र अभियुक्तको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा १० जनाको टोली परिचालन गरिएको छ।

प्रहरीका अनुसार घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार फरार अभियुक्तलाई पक्राउ गर्न तीव्र खोजी कार्य जारी छ।

यो घटनाले गाउँमा त्रास फैलिएको छ भने स्थानीयले छिटोभन्दा छिटो अभियुक्त पक्राउ गरी कारबाहीको माग गरेका छन्।


  • Jigyasa media

थप