Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

गुरु पूर्णिमाको अवसरमा चावहिलमा चार गुरु सम्मानित

  •   २ वर्ष अघि | ७ साउन २०८१, सोमवार

मुनामदन सिलवाल

काठमाण्डौ । व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा सामुदायिक सेवा समाज र सामुदायिक योग समूह मैजुबहालले गुरुहरुलाई सम्मानित गर्ने कार्यक्रम सम्पन्न गरेको छ। 


काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष विमल कुमार होडालगायत समाजका पदाधिकारीहरूले वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, योग गुरु केपी सिटौला, समिरा रेग्मी, र सुनिता अर्याल शर्मालाई सम्मान गरेका हुन्। योग कक्षा १०० दिन पूरा गरेको अवसरमा योग समूहद्वारा गुरु पूर्णिमाकै दिन चार गुरुलाई सम्मान गरिएको समाजले जनाएको छ।


कार्यक्रमका प्रमुख अतिथि, प्रसिद्ध कलाकार हरिप्रसाद शर्मा, वडाअध्यक्ष विमल होडा, र सामुदायिक समाजका अध्यक्ष शिवराम अर्याल सहित अन्य पदाधिकारीहरूले सामूहिक रूपमा चार गुरुलाई सम्मान गरेका हुन्। 


यस अवसरमा, भक्ति संगीतमा योगदान पुर्याउने कलाकार गुरुद्वय मधुसुदन खनाल र सुरज आचार्यलाई पनि स्वागत गरिएको थियो। कार्यक्रममा कलाकार निर्देशक कृष्णमुरारी ढुङ्गेललाई पनि स्वागत गरियो। 


कलाकार हरिप्रसाद शर्मा र उनको परिवारजनको तर्फबाट योग ध्यान समूहलाई कलाकार शर्माको प्रसिद्ध चित्र सिरिज अन्तर्गतका सातवटा चित्रको फोटो फ्रेम उपहार हस्तान्तरण गरिएको छ।

  • Mr. Admin

थप