Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

पारिवारिक त्रासदी : छोराकै कुटाइमा ६० वर्षीय बाबुको मृत्यु, अभियुक्त पक्राउ

  •   १० महिना अघि | १० मंसिर २०८२, बुधबार

नवलपरासी ।

हुप्सेकोट गाउँपालिका–१ जुगेपानीमा एक भयावह पारिवारिक घटनाले स्थानीय समाज स्तब्ध भएको छ। आफ्नै घरभित्र भएको विवाद निर्घात कुटपिटमा बदलिँदा ६० वर्षीय रामबहादुर विकले ज्यान गुमाएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मृतकका ३० वर्षीय छोरा सन्तकुमार विकले गए राति घरायसी विवादकै बीच बुबामाथि कठोर आक्रमण गरेका थिए। लगातारको कुटाइबाट गम्भीर घाइते भएका रामबहादुरलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार हुन खोजेका अभियुक्त सन्तकुमारलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको डीएसपी नेपालले जानकारी दिए।

प्रहरीका अनुसार घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।

यस घटना एक परिवारभित्रको द्वन्द्वले कसरी ज्यानै लिने गम्भीर रूप लिन सक्छ भन्ने कटु यथार्थ उजागर गरेको स्थानीयबासीले बताएका छन्।

  • Jigyasanepal

थप