Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व

  •   ११ महिना अघि | ११ कार्तिक २०८२, मङ्लबार

काठमाडौँ

सूर्यदेवप्रति श्रद्धा, भक्ति र कृतज्ञताका साथ मनाइने महान पर्व छठ आज मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। चारदिनसम्म चल्ने यो पर्व शनिबारदेखि सुरु भएको थियो भने आज भिन्सरघाटमा उदाउँदो सूर्यको आराधनासँगै विधिवत् रूपमा समापन भएको हो।

भक्तिभाव र धार्मिक अनुशासनको अद्भुत दृश्य

छठ पर्वको अन्तिम दिन बिहानै महिलादेखि पुरुषसम्म नदी, तलाउ र पोखरी किनारमा एकत्रित भई सूर्यलाई दूध, जल र फूल अर्पण गर्दै अर्घ्य दिएका थिए। भक्तजनहरू कम्मरसम्मको पानीमा डुबेर उदाउँदो सूर्यको दर्शन गर्दै मनोकामना व्यक्त गरिरहेका दृश्यले सम्पूर्ण घाटहरू आध्यात्मिक रौनकले भरिएका थिए।

धर्मशास्त्रका विज्ञ प्रा. तोयराज नेपालका अनुसार, छठलाई सूर्यषष्ठी पनि भनिन्छ, जसमा सूर्यदेवको आराधनाले मनोकाङ्क्षा पूरा हुने विश्वास छ। उनका अनुसार, “पृथ्वीका सबै जीवको सञ्चालन र संरक्षण सूर्य र जलबाट हुन्छ, त्यसैले छठमा सूर्यलाई शक्ति र जीवनका स्रोतका रूपमा पूजा गरिन्छ।”

इच्छापूर्तिको व्रत, सन्तान र सुयोग्य जोडीको कामना

यो व्रत विशेषगरी महिलाहरूले कठोर नियमअनुसार पालन गर्ने गर्दछन्। कतिले सन्तान प्राप्तिको कामनामा, कतिले पति–पत्नीको दीर्घायुका लागि, र अविवाहितहरूले सुयोग्य वर वा वधु प्राप्तिको कामनामा यो पर्व मनाउँछन्।

भक्तजनहरूको विश्वासअनुसार, छठ व्रतले मनले चिताएको पूरा गराउँछ।

चारदिनको धार्मिक यात्रा

छठ पर्व कार्तिक शुक्ल चतुर्थीका दिन स्नान र चोखो खानाबाट सुरु हुन्छ। त्यसपछि पञ्चमीका दिन खरनादिन (प्रसाद तयार गर्ने दिन), षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अर्घ्य, र अन्तिम दिन सप्तमीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।

यो अवधिभर बर्तालुहरू माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदिबाट व्रत बसेर दूर रहन्छन्।

मिथिला संस्कृतिबाट काठमाडौँसम्मको छठको विस्तार

पहिले विशेषगरी मिथिला संस्कृतिमा आधारित तराईका जिल्लाहरूमा मात्र मनाइने छठ पर्व, अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी क्षेत्रहरूमा पनि लोकप्रिय बन्दै गएको छ।

वि.सं. २०६२ मा गुह्येश्वरी र गौरीघाटमा श्री छठ पूजा समिति औपचारिक रूपमा दर्ता भएपछि राजधानीमा यो पर्वको रौनक अझै बढेको हो।

  • Jigyasanepal

थप