Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

दिउँसो यी स्थानमा भारी वर्षा, तराईमा हुरीको उच्च सम्भावना

  •   १ वर्ष अघि | ८ भदौ २०८२, आइतवार

काठमाडौं, भदौ ८  ।

मौसम पूर्वानुमान महाशाखाले आज आइतबार दिउँसो र रातिको मौसमबारे चेतावनी जारी गरेको छ। महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टे बुलेटिनअनुसार देशभर सामान्य बदली रहने र केही स्थानमा भारी वर्षा तथा हुरीसमेतको सम्भावना रहेको छ।

🔹 दिउँसोको स्थिति :

देशभर साधारणतया बदली रहनेछ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थान र अन्य तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बागमती र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

मधेस, कोसी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरी चल्ने खतरा छ।

🔹 रातिको स्थिति :

मधेस, कोसीसहित देशका अन्य पहाडी भूभागमा साधारण बदली रहनेछ।

बाँकी क्षेत्रमा आंशिक बदली मात्र रहनेछ।

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने देखिन्छ।

गण्डकी प्रदेशका पहाडका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले तराई क्षेत्रमा हुरीको सम्भावना उच्च रहेकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

  • Jigyasanepal

थप