Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

पूर्व–पश्चिम राजमार्गमा भीषण दुर्घटना

बसमा ठोक्किँदा मोटरसाइकलका २ युवकको मृत्यु, १ गम्भीर

  •   ७ महिना अघि | १८ फाल्गुन २०८२, सोमवार

सिराहा, फागुन १८ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार गोलबजारबाट पूर्वतर्फ जाँदै गरेको स.५ प ४७५९ नम्बरको मोटरसाइकल र धरानबाट भैरहवातर्फ गइरहेको लु२ख १०८५ नम्बरको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाइते भएका थिए।

दुर्घटनामा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अमन रायको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीले जानकारी दिए।

उक्त दुर्घटनामा १७ वर्षीय धिरज मण्डल सख्त घाइते भएका छन्। उनको हाल विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ।

मृतकहरूको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीनै जना एउटै मोटरसाइकलमा सवार थिए। दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

रातिको समयमा तीव्र गतिमा सवारी सञ्चालन, ओभरलोड र लापरबाहीले राजमार्गमा दुर्घटना बढ्दै गएको भन्दै स्थानीयले ट्राफिक निगरानी कडाइ गर्न माग गरेका छन्।

  • Jigyasanepal

थप