Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

चौबीस घर र एक गुम्वामा लुटपाट गर्ने तीन जना हतियार सहित पक्राऊ

गाउँ लुटपाट गर्ने समातिए

  •   २ वर्ष अघि | २३ असार २०८१, आइतवार

मुगु ।

जिल्लाको पुर्बि क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा गत जेठ १२ गते भएको लुटपाटको घट्नामा संलग्न तिन जनालाई प्रहरीले पक्राउ गरी आईतबार सार्वजनिक गरेको छ । मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा जेठ १२ गते भएको लुटपाट घट्नामा संलग्न तिन जना सहित घट्नामा प्रयोग भएका हतियार र अन्य सामग्री सहित जिल्ला प्रहरी कार्यालयले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

 जेठ १२ गते डोल्फु गाउँका स्थानियहरु यार्सा संकलन गएको मौका छोपी गाउँका हातहतियार सहित गाउँमा पसेका लुटेर समुहले स्थानियका २४ घर र एक गुम्वामा लुटपाट गरेका थिए । लटुपाटमा संलग्न ८ जना मध्ये प्रहरीले आईतबार पत्रकार सम्मेलन मार्फत जुम्ला जिल्ला गोठीचौर गाउँपालिका–३ बस्ने आक्रोस प्रर्से भनिने गणेश भण्डारी सोही वडाका पुर्ण प्रसाद भण्डारी, र सोही गाउँपालिका –४ का कमल थापालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वनिक गरेको हो । घट्नामा संलग्नहरुबाट जुम्ला जिल्लाको पातारासी गाउँपालिका–३ चुनेकाँध भन्ने स्थामा ओडार भित्र लुकाई राखेको एस.एल.आर थान १ यसको म्यागजिन दुई थान यसमा लाग्ने गोली २५ राउण्ड, कटुवा पेस्तुवल थान १ झोला १ थान कम्ब्याट रंगको रेनकोट ५ जोडी कालो रंगको सल १ थान हेण्ड सेट ३ थान र बाईनाकुलर १ थान र गोलीका खोका ३ वटा र मिस फाएर भएको गोली १ थान बरामद गरी सार्वजनिक गरिएको थियो । 

 पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार अन्दाजी ३५ तोला सुन, ९ सय९४.५ तोला चाँदी बुद्धका मुर्ति २ रिणमोक्ष मुर्ति १ मुगाको माला ९५ तोला यार्सा मोबाईल नगद रु ५० लाख २५ हजार सहित अन्य धनमालहरु लुटपाट गरेको पिडितहरुको जाहेरी जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएपछी जिल्ला प्रहरी कार्यालय मुगु, जुम्ला र कर्णाली प्रदेश प्रहरीले बिभिन्न ७ वटा स्थानमा प्रहरी टोली खटाई घट्ना घटेको १ महिना पछी घट्नामा संलग्न हरु ८ जना मध्ये तिन जनालाई पक्राउ गरी सार्वनिक गरेको बताए ।

 पिडितको किटानी जाहेरीका आधारमा पक्राउ परेका अन्य जुम्ला पातारासी गाउँपालिका–३ का बिष्णुबहादुर बुढा सोही वडाका तल्फि गाउँ बस्ने २६ बर्षिय तुलबहादुरकामी सोही गाउँका नर भण्डारीको हकमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार डोल्फु गाउँमा लुटपाटको घट्नामा संलग्नहरुलाई जिल्ला अदालत मुगुमा डाँका चोरी, हातहतिया र संगठित अपराध तर्फ मुद्धा दर्ता भई २० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • Reporter

थप