Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

फोनिज काभ्रेको २५ औं स्थापना दिवसमा अनाथ बालिकालाई शैक्षिक सामग्री वितरण

  •   २ वर्ष अघि | २८ साउन २०८१, सोमवार

काभ्रे, धुलिखेल— नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा फोनिज काभ्रेद्वारा समाजसेवामूलक कार्यक्रम सम्पन्न भएको छ। धुलिखेल नगरपालिका वडा नम्बर ३ मा अवस्थित हेल्प नेपाल नेटवर्क चिल्ड्रेन होम्समा आश्रित २४ जना अनाथ बालिकाहरूका लागि स्टेशनरी सामग्री वितरण गरिएको हो।


कार्यक्रममा फोनिज काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापाको नेतृत्वमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य तथा प्रेस सेन्टर केन्द्रीय सदस्य, फोनिज बागमती प्रदेश इन्चार्ज पेमा लामा, प्रेस सेन्टर काभ्रेका जिल्ला अध्यक्ष रोजन तामाङ, अग्रज पत्रकार उजाड रक्तिम लगायत फोनिज काभ्रेका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरूको उपस्थिति थियो।

यस कार्यक्रममार्फत बालिकाहरूलाई कापी, कलम, पेन्सिल, रंगीन पेंसिल, स्केचपेन लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको थियो। यस सहयोगले बालिकाहरूको पठन-पाठनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। बालिकाहरूले सामग्री प्राप्त गरेपछि खुशी व्यक्त गर्दै फोनिज काभ्रेलाई धन्यवाद दिए।


फोनिज काभ्रेका अध्यक्ष थापाले यस प्रकारको सामाजिक सेवा कार्यक्रममा सहभागिता जनाउन पाउँदा गर्व महसुस भएको बताए। उनले समाजमा गरिबी, अशिक्षा, र वञ्चित समुदायको सेवाका लागि फोनिजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा उपस्थित अन्य प्रतिनिधिहरूले पनि शिक्षा नै उज्यालो भविष्यको आधार भएको बताउँदै, बालिकाहरूको उज्ज्वल भविष्यको कामना गरे। फोनिज काभ्रेको यस पहलले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

  • Reporter

थप