Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

पाकिस्तानी सेनाकै हवाई आक्रमणमा ३० नागरिकको ज्यान, बालबालिका र महिला पनि मारिए

  •   १२ महिना अघि | ६ असोज २०८२, सोमवार

काठमाडौँ, असोज ६ ।

पाकिस्तानको आफ्नै वायुसेनाले आफ्नै नागरिकमाथि हवाई आक्रमण गरेको घटनाले ठूलो मानवीय त्रासदी निम्त्याएको छ। खैबर पख्तुनख्वा प्रान्तको तिराह उपत्यकास्थित मात्रे दारा गाउँमा गरिएको आक्रमणमा बालबालिका र महिलासहित कम्तीमा ३० सर्वसाधारणको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार राति करिब २ बजे पाकिस्तानी वायुसेनाले जेएफ–१७ लडाकु विमानमार्फत ८ वटा एलएस–६ बम खसालेर हमला गरेको थियो। भीषण विस्फोटका कारण गाउँको ठूलो भाग ध्वस्त भएको छ भने २० भन्दा बढी नागरिक घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार गाउँका मानिस सुतिरहेको समयमा विस्फोट भएको थियो। धेरै घर पूरै भत्किएका छन्, जसले उद्धार र राहत कार्यलाई अझ कठिन बनाएको छ। सडक र आवासीय संरचना ध्वस्त भएकाले उद्धार टोली घटनास्थलसम्म पुग्न निकै समस्या भइरहेको बताइएको छ।

यस घटनाबारे पाकिस्तानी सरकारले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य सार्वजनिक गरेको छैन। तर मृत्यु हुनेमध्ये अधिकांश महिला र बालबालिका रहेका खबरहरू बाहिरिएका छन्।

  • Jigyasanepal

थप