काठमाडौं, असोज १० – आज देशभर मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभावका कारण कतिपय स्थानमा मौसम परिवर्तनशील रहने देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश भागमा आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ।
आज राति पनि कोशीसहितका पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस्तै, ती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहँदा अन्य भागमा भने मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
-
Jigyasanepal