Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

देशभर जाडोले जकडिँदै, उपत्यकाको तापक्रम थप झर्यो; उता बंगालको खाडीमा चक्रवात ‘सेनयार’ विकास, भारतले जारी गर्यो उच्च सतर्कता

  •   १० महिना अघि | १० मंसिर २०८२, बुधबार

काठमाण्डौ ।

काठमाडौँ उपत्यकासहित देशभर चिसो दिनप्रतिदिन कडा हुँदै गएको छ। बिहानैबाट फैलिएको सेतो कुहिरो, कठ्याङ्ग्रिएको हावा र सूर्यको कम प्रभावले जनजीवन थप प्रभावित भएको छ।

यस्तै, काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज फेरि तिव्र रूपमा घटेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा तापक्रम ६.४ डिग्री सेल्सियस पुगेको छ, जुन हिजोको ७ डिग्रीभन्दा कम हो।

अहिलेसुड्को आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८:45 बजे फेरि मापन गरिँदैछ, जसमा तापक्रम झनै तल झर्न सक्ने अनुमान गरिएको छ।

🌡 तापक्रम एकोहोरो झर्दै

खुला आकाश, चिसो हावा र पश्चिमी प्रभावका कारण न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर फराकिलो बनेको मौसमविद्हरू बताउँछन्।

न्यूनतम तापक्रम : बिहान ८:४५ बजे

अधिकतम तापक्रम : साँझ ५:४५ बजे

पछिल्ला तीन दिनयता उपत्यका मात्रै होइन, देशभर जाडोको चपेटा छ। वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगीहरू विशेष प्रभावित छन्। स्वास्थ्यकर्मीहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

🌊 बंगालको खाडीबाट थप खतरा : चक्रवात ‘सेनयार’ विकास

देशभित्र जाडोले चौतर्फी दबाब बनाइरहेका बेला भारतको मौसम विभाग (IMD) ले बंगालको खाडीमा विकास भइरहेको चक्रवात ‘सेनयार’ सम्बन्धी उच्च चेतावनी जारी गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार—

आगामी २४ घण्टामा चक्रवात जमिनमा बज्रिन सक्ने उच्च सम्भावना

अण्डमान सागरको मौसम अचानक परिवर्तन हुन सक्ने

स्काइमेट वेदरका अनुसार ४८ घण्टाभित्र चक्रवात जमिनमा पुग्ने अनुमान, जससँगै

४०–५० किमि/घण्टा वेगमा तिब्र हावा

आँधीबेहरीभारी वर्षाको चेतावनी भारी वर्षा र बाढीको जोखिम

चक्रवातले भारतका यी राज्यहरू सीधै प्रभावित गर्नेछ—

तमिलनाडु

केरला

आन्ध्र प्रदेश

अण्डमान–निकोबार टापुहरू

ओडिशा पश्चिम बंगालका तटीय क्षेत्र

IMD का अनुसार डिसेम्बर १ सम्म यी दक्षिणी राज्यहरूमा धेरै भारी वर्षा, तीव्र हावा र बाढीको सम्भावना उच्च रहेको छ। नेपालमा प्रभाव ?

हाल चक्रवातको प्रभाव प्रत्यक्ष रूपमा नेपालमा नपुग्ने अनुमान छ, तर

दक्षिणतर्फ वर्षा–हावाहुरी तीव्र भएपछि

नेपालको वायुमण्डलमा चिसो हावा थप प्रवेश गर्ने

जसले न्यूनतम तापक्रम झनै तल झार्ने

सामान्य सम्भावना मौसमविद्हरूले बताएका छन्।

 दुई दिशाबाट चेतावनी

एकातिर देशभर चिसोको तिब्रता बढ्दै, अर्को हातबाट चक्रवात सेनयारको तुफानी प्रभाव भारततर्फ तानिँदै।

मौसमविद्हरूका अनुसार आगामी केही दिन सतर्कता र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने समय यही हो।

  • Jigyasanepal

थप