Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

नालामा ‘नन्दादेवी किसान परिवार (समूह)’ गठन, कृषि रूपान्तरण र डिजिटल बजारमा जोड दिने प्रतिबद्धता

  •   ९ महिना अघि | ३ पुस २०८२, बिहिबार

काभ्रे, बनेपा।

काभ्रे जिल्लाको बनेपा नगरपालिका–३, नाला काँक्रेमा किसान सशक्तीकरण र आधुनिक कृषि प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नन्दादेवी किसान परिवार (समूह)’ गठन गरिएको छ। समाज विकास तथा वातावरण सुधार नेपालद्वारा आयोजित तथा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहकार्यमा मिति २०८२ साल पौष १ गते उक्त कार्यक्रम सम्पन्न भएको हो।

कृषिमा रूपान्तरण र डिजिटल बजारबारे जानकारी

कार्यक्रममा समाज विकास तथा वातावरण सुधार नेपालका प्रबन्ध सञ्चालक कवि पुडासैनीले आगामी दिनमा कृषकहरूसँग सहकार्य गर्दै कृषिमा कसरी रूपान्तरण ल्याउन सकिन्छ र डिजिटल बजार निर्माणलाई कसरी प्रभावकारी बनाइन्छ भन्ने विषयमा विस्तृत जानकारी दिनुभयो।

उहाँले बिउ रोपणदेखि उत्पादन र बजारसम्मका सम्पूर्ण प्रक्रियालाई किसान परिवार (समूह) प्रणालीमार्फत व्यवस्थित गरिने, आवश्यकता अनुसार तालिम, प्राविधिक सहयोग तथा कानुनी परामर्श निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो। साथै, आगामी दिनमा किसानलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजनासमेत रहेको बताउनुभयो।

ताजा उत्पादन, उचित मूल्य र सुरक्षित आपूर्ति प्रणाली

त्यसैगरी, राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको सहायक कम्पनी आर.के.सि.एन.एल फुड बैंक लिमिटेडका प्रबन्ध सञ्चालक सुदिप सापकोटाले किसानबाटै ताजा तरकारी तथा फलफूल उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापन गरिने, किसानसँग पारदर्शी खरिद सम्झौता गरिने र उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै विषादी न्युनिकरण गरिएको ताजा उत्पादन घर–घरमै पुर्‍याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो।

यसका लागि काभ्रेको पनौती नगरपालिका–४, ठाडोबाटोमा अत्याधुनिक प्रविधियुक्त 'ओजोन वास (Ozone Wash) ’ स्थापना अन्तिम चरणमा पुगेको पनि उहाँले बताउनुभयो।


कृषिमा प्रविधिको पहुँच विस्तार

कृषि क्षेत्रमा प्रविधिको पहुँच बढाउने लक्ष्यसहित राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको अर्को सहायक कम्पनी आर.के.सि.एन.एल आईटेक लिमिटेडले कृषिलाई सूचना–प्रविधिसँग जोड्ने विभिन्न डिजिटल समाधान कार्यक्रम सञ्चालन गर्ने जानकारी पनि दिइएको छ।

यस अन्तर्गत डिजिटल कृषि समाधान, मोबाइल एप्समार्फत कृषकलाई प्राविधिक सरसल्लाह र बजारसम्बन्धी जानकारी, साथै स्मार्ट कृषि उपकरणको प्रवर्द्धनसम्बन्धी प्रक्रिया अघि बढिसकेको सापकोटाले जानकारी गराउनुभयो।

सात सदस्यीय कार्यसमिति गठन

कार्यक्रमकै अवसरमा स्थानीय कृषक राजन नेपालको अध्यक्षतामा सात सदस्यीय ‘नन्दादेवी किसान परिवार (समूह)’ कार्यसमिति गठन गरिएको छ।

उल्लेखनीय उपस्थिति

कार्यक्रममा समाज विकास तथा वातावरण सुधार नेपालका प्रमुख कार्यकारी अधिकृत कवि पुडासैनी, आर.के.सि.एन.एल फुड बैंक लिमिटेडका प्रबन्ध सञ्चालक सुदिप सापकोटाको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन आर.के.सि.एन.एल फुड बैंकका सहायक निर्देशक सन्तोष थापाले गर्नुभएको थियो भने सहजीकरण स्थानीय कृषक मुक्तिनाथ बजगाँईले गर्नुभएको थियो। कार्यक्रममा करिब ४० जना स्थानीय कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।

  • Jigyasanepal

थप