Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

माछा मार्ने क्रममा करेन्ट लाग्दा २१ वर्षीय युवकको मृत्यु

  •   १ वर्ष अघि | ४ भदौ २०८२, बुधबार

विराटनगर । झापाको कमल गाउँपालिका–३, खानपानी टोलका २१ वर्षीय उज्ज्वल राईको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार, रञ्जित राईका छोरा उज्ज्वल बुधबार दिउँसो करिब २ बजे ढ्याङ्ग्री खोलामा करेन्ट प्रयोग गरेर माछा मार्ने क्रममा आफैं करेन्टमा परेर गम्भीर घाइते भएका थिए।

उद्धारपछि अस्पतालमा मृत घोषणा

घटनापछि उनलाई आफन्तहरूले देखेर तत्काल प्रहरी चौकी केर्खामा जानकारी गराए। प्रहरी टोली पुगेपछि राईलाई उद्धार गरी दमकस्थित लाईफ लाइन अस्पताल लगिएको थियो। तर, दिउँसो करिब ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अनुसन्धान जारी

उज्ज्वलको शवलाई अहिले अस्पतालको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप